लिउले आज प्रचण्ड, ओली र माधव नेपालसँग भेट गर्दै
काठमाडौ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियान्चाओले आज नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।
उनले आजै नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नेतासँग समेत भेटवार्ता गर्दैछन् । नेपाल भ्रमरणमा रहेका चियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए । चियान्चाओ तीन दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । प्रधानमन्त्रीको अमेरिका भ्रमण तय भइसकेपछि चिनियाँ उच्च नेतृत्वको भ्रमणलाई विशेष रुपमा हेरिएको छ ।



















