माओवादी केन्द्रको उपाध्यक्षमा श्रेष्ठ र महरा

वेलकम खबर
असार २३, २०७९

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता श्रेष्ठ र महरालाई चयन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष महराले बैठकले १५६ जनाको पोलिटब्युरो गठन गरेको बताए। उनले १२५ जना सदस्य र ३१ जना वैकल्पिक सदस्यसहितको पोलिटब्युरो गठन गरेको तथा ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको पनि बताए।

‘केन्द्रीय समितिको बैठक बस्यो, आजको बैठकमा सबैभन्दा पहिले अध्यक्षले राजनीतिक प्रतिवेदनमा जुन छलफल उठेको थियो, त्यसको जवाफ दिनुभयो । संगठनसम्बन्धी तीन कुरा भए । १२५ जनाको पोलिटब्युरो भयो, वैकल्पिक हुनुहुन्छ । ४१ जनाको स्थायी कमिटी बन्यो । अहिलेलाई १५ जनाको नामावली पेस भएको छ । अहिले २ जना उपाध्यक्ष भएका छन्, नारायणकाजी र कृष्णबहादुर महरा,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*