माओवादी स्थायी समिति ४१ सदस्यीय, अहिले १५ मात्रै

वेलकम खबर
असार २३, २०७९

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति ४१ सदस्यीय हुने भएको छ। माओवादीको केन्द्रीय समिति बैठकले बिहीबार ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरेको हो। अहिले स्थायी समितिमा १५ जना सदस्य मात्रै तय भएका छन्।

केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले छिट्टै स्थायी समितिलाई पूर्णता दिइने बताए। सबै पक्षलाई समेटेर स्थायी समिति सदस्यको नाम सार्वजनिक गरिने दाहालको भनाइ थियो।

स्थायी समितिका १५ सदस्य:

१) पुष्पकमल दाहाल
२) नारायणकाजी श्रेष्ठ
३) कृष्णबहादुर महरा
४) गणेश साह
५) गिरिराजमणि पोखरेल
६) चक्रपाणि खनाल
७) जनार्दन शर्मा
८) देव गुरुङ
९) देवेन्द्र पौडेल
१०) पम्फा भुसाल
११) वर्षमान पुन
१२) मात्रिका यादव
१३) लीलामणि पोखरेल
१४) शक्तिबहादुर बस्नेत
१५) हरिबोल गजुरेल।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*