संसदीय समिति गठन हुनु सकारात्मक : योगेश भट्टराई

वेलकम खबर
असार २३, २०७९

काठमाडौँ ।प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नहरूको छानबिन गर्न संसदीय छानबिन विशेष समिति हुनु सकारात्मक भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर बोल्दै एमालेका सचिवसमेत रहनुभएका सांसद भट्टराईले आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश गर्नुभन्दा अघिल्लो दिन अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरेको विषयमा गम्भीर भएकाले नै पार्टीले गम्भीरतापूर्वक छानबिनका लागि आवाज उठाएको बताउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक महत्वका विषयमा अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न समय दिएलगत्तै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सांसद भट्टराईलाई बोल्नका लागि समय उपलब्ध गराइएको थियो ।

उहाँले आफूहरूको मागको सम्बोधन गरिएकोमा सभामुखलाई समेत धन्यवाद दिनुभयो । उहाँले सोही कारण अर्थ मन्त्रालयका सचिव बिदामा रहेको र अरु कर्मचारी पनि काम गर्न तयार नभएको जिकिर उहाँको थियो ।

मिडियामा आएको विषय एमालेले पटकपटक उठाएको र नेपाली कांग्रेसका केही सांसदले पनि विषय उठाएपछि समिति गठन भएको पनि उहाँले बताउनुभयो ।–रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*