कांग्रेसको सरकार छाडेर आए नेकपा (एस) र माओवादीसँग चुनावी तालमेल हुन्छ : शंकर पोखरेल

वेलकम खबर
असार २२, २०७९

कैलाली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् ।

एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुनावले एमाले कमजोर नभएको बताए । अहिले पनि कम्युनिष्टको अनुहार एमालेभित्र मात्रै रहेको भन्दै उनले कम्युनिस्ट पार्टी मिलाउने सक्ने क्षमता एमालेसँग मात्रै रहेको बताए ।

कांग्रेसको सरकार छोडेर आए र विगतका कमजोरीमा गल्ती भएको महसुस गरे मात्र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सित चुनावी एकता हुनसक्ने उनको भनाइ थियो ।

एमाले कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘पदका लागि भन्दा पार्टीलाई जिताउन लाग्नुपर्छ, सरकारका गलत कामको विरोध गरेर भण्डाफोर गर्दा एमालेले जित्छ, जनता एमालेसँग रिसाएका छैनन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*