एमालेद्वारा स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न कार्यदल गठन

वेलकम खबर
असार १९, २०७९

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
एमालेको केन्द्रीय सचिवालयको आइतबार भएको बैठकले गठन गरेको कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी सदस्य रहेका छन् ।
ुस्थानीय चुनावको क्रममा भएको अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै एमालेमा परेको उजुरीको छानबिन गर्न र कारबाहीको सिफारिस गर्ने उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्ण गरेको छु प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ुएमालेको केन्द्रीय सचिवालयको बैठकले पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभागका प्रमुख तथा स‌ंगठन विभागका प्रमुख सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।ु चुनावमा धेरै स्थानमा नेताहरुले नै आफूले इच्छाएका व्यक्तिले टिकट नपाएपछि अन्तर्घात गरेको भन्दै उजुरी परेका छन् । त्यसको निरुपण गर्न कार्यदल गठन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*