पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

वेलकम खबर
असार १८, २०७९

फिदिम : अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका वडा नं. ७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् ।

उनकी ३८ वर्षीया श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् ।

शुक्रबार राती करिब १०:१५ बजे पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*