प्रचण्डका कारण नेकपा फुट्यो, प्रधानमन्त्री छोड्न ओली तयार हुनुहुन्थ्यो : गौतम

वेलकम खबर
असार ११, २०७९

विराटनगर : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू तत्कालिन समयमा प्रचण्डको गुटमा नलगोको भए नेकपा पार्टी नफुट्ने बताएका छन् ।

शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा गौतमले आफू नेकपामा विवाद रहँदाका बेला प्रचण्डसँग नलागेको भए नेकपा नफुट्ने बताए ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे । उनले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताए ।

उनले अन्तिम बैठकमा अध्यक्ष दाहालले आफूलाई नै सबै दोष दिएपछि आफू मौन बसेको सुनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*