चीनको राजदूतमा श्रेष्ठ नियुक्त

वेलकम खबर
असार ९, २०७९

काठमाडौं : चीनको राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा नियुक्त गरेकी हुन्। ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*