भोलिसम्म मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी

वेलकम खबर
असार ९, २०७९

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेको छ। बिहीबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले भोलिसम्म सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रधानमन्त्रीको समय मिले आजै र नमिले भोलिसम्म मन्त्रीहरूलाई फिर्ता बोलाइने उनले बताए। उनका अनुसार पार्टीले यसअघि सार्वजनिक गरेको फिर्ता बोलाउने र पठाउने सूचीका आधारमा नै मन्त्री हेरफेर हुनेछ।

‘आज वा भोलिसम्म पुराना मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरिनेछ,’ उनले  भने, ‘प्रधानमन्त्रीले समय दिए आज नै फिर्ता बोलाइन्छ।’ क–कसलाई फिर्ता बोलाउने र पठाउने भन्नेबारे पार्टीले यसअघि नै टुंगो लगाइसकेको उनले प्रस्ट पारे।

एकीकृत समाजवादीले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर मेटमणि चौधरीलाई पठाउने निर्णय गरेको छ। त्यस्तै, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङलाई पठाउने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*