राष्ट्रपतिबाट चार कलाकर्मी सम्मानित

साँस्कृतिक संस्थानको ५० औं वार्षिकोत्सव
वेलकम खबर
असार ९, २०७९

काठमाडौ । साँस्कृतिक संस्थानले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आइतबार विशेष कार्यक्रम आयोजना गरी स्थापनाको ५०औं वार्षिकोत्सव मनाएको छ । असार ५ देखि ७ गतेसम्म चलेको सो स्वर्ण महोत्सव उद्घाटन विशेष समारोहमा राष्ट्रपतिले लोकसंस्कृतिको संरक्षण तथा प्रवर्धनमा क्रियाशील साँस्कृतिक संस्थानलाई ५०औं वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिनुभयो ।

‘सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्थाले ५० वर्षको इतिहास बनाउनु गौरवको विषय हो ५० वर्षको इतिहास र अनुभव बोकेको साँस्कृतिक संस्थानले हाम्रा अमूल्य संस्कृति र सभ्यताको मूल्य एवं मान्यतालाई पुनर्स्थापित गर्न योगदान दिनेछ भन्ने विश्वास लिएको छु’ राष्ट्रपति भण्डारीले भन्नुभयो ।

कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले ५० वर्षको इतिहास र अनुभवबाट सिकेर लोकसंस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि लक्ष्य र उद्देश्य निर्धारित नयाँ योजना तथा कार्यक्रमका साथ संस्थान अघि बढ्ने बताए । ‘देश भनेको चार किल्लाभित्रको ढुंगा माटो मात्र होइन । देश चिनाउन भाषा, भेषभूषा, रहनसहन अनि लोकसंस्कृतिको उच्चतम विकास आवश्यक छ मुलुकको लोकसाँस्कृतिक अवस्थाले त्यो देशको समृद्धि र सभ्यता झल्काउँछ । लोकसंस्कृति सुरक्षित र संरक्षित छैन भने त्यो राष्ट्र र राष्ट्रियता भरिलो एवं रसिलो हुन सक्दैन’ महाप्रबन्धक राईले भने


स्वर्ण महोत्सवको अवसरमा संस्थानले नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दलाई ‘दीर्घ साधना सम्मान २०७९’, वरिष्ठ रङ्गकर्मी ओममणि शर्मालाई ‘राष्ट्रिय नाट्य पुरस्कार २०७९’, वरिष्ठ सङ्गीतकर्मी प्रेमदेव गिरीलाई ‘राष्ट्रिय सङ्गीत पुरस्कार २०७९’ र वरिष्ठ नृत्यकार सुरेश मिश्रलाई ‘राष्ट्रिय नृत्य पुरस्कार २०७९’ प्रदान गरेको छ । जनही ५१, ५१ हजार रुपैया सहितको सो सम्मान तथा पुरस्कार सम्माननीय राष्ट्रपतिको हातबाट प्रदान गरिएको हो । समारोहमा राष्ट्रपतिबाटै संस्थानमा कार्यरत वीरेन्द्र हमाल र सुस्मिता तामाङलाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ पनि प्रदान गरिएको थियो ।

प्राज्ञ अशोक राईको सङ्गीत संयोजन, वीरेन्द्र हमालको नाट्य संयोजन र लोकराज राईको नृत्य संयोजन रहेको स्वर्ण महोत्सव विशेष सांस्कृतिक कार्यक्रमले देश झल्काएको छ । जसमा नेपाली वृन्दावन, विभिन्न समुदायमा निहित लोकनृत्यदेखि मुनामदन एवं कृष्ण लीलासम्म समेटिएको थियो । संस्थानले ‘५०औं वर्ष विशेष कार्यक्रम’ बनाई एक वर्षभरि विभिन्न कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउने कुरा थाहा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*