ताप्लेजुङको चाक्सिबोटेमा आगलागी हुँदा करिब साढे ९ लाख रुपैँयाको क्षति

वेलकम खबर
असार ६, २०७९

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ५ चाक्सिबोटेमा स्थानीयको एक घरमा आगलागी हुँदा करिब साढे ९ लाख रुपैँया बराबरको क्षति भएको छ ।

वडा कार्यालय समेत भाडामा रहेको स्थानीय मान बहादुर राईको घरमा आईतबार आगलागी हुँदा ९ लाख ५० हजार रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार ५ नं। वडा कार्यालय चाक्सिबोटको करिब ६ लाख ५० हजार र राईको ३ लाख रुपैँया क्षति भएको छ । वडा कार्यालयमा ल्यापटप, प्रिन्टर, फर्निचर साथै महत्वपुर्ण कागजातहरु समेत जलेर नष्ट भएको प्रहरीले बताएको छ । करिब साढे १० बजेको समय विद्युत सर्ट भएर आगलागी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*