अबैध नदि उत्खनन गरिरहेको एस्काभेटरलाई पालिका अध्यक्ष पोमूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए

वेलकम खबर
असार ६, २०७९

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमूले अवैध रुपमा नदि उत्खनन गरिरहेको एस्काभेटरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । शनिबार अनुगमनका क्रममा वडा ५ चाँगेको मैवाखोला पुल नजिक नदि उत्खनन गर्दै गरेको मेसिनलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय दोभानलाई बुझाएका हुन् ।

लगातारको वर्ष पछि जिल्लाका विभिन्न स्थानमा बाढि पहिरोका घटना बढिरहेपनि नदि उत्खननको कार्य भएको पाईएपछि नियन्त्रणमा लिएर कारबाहीका लागि प्रहरीलाई बुझाएको गाउँपालिका अध्यक्ष पोमूले जानकारी दिए ।

‘अनुगमनका क्रममा नदि उत्खनन गरिरहेको पाईयो । असार, साउन र भदौ महिनामा यस्तो कार्य गर्न सरकारले नै बन्देज गरेको छ ।’ गाउँपालिका अध्यक्ष पोमूले भने ‘खोला नजिकै क्रसर पनि राखिएको पाईयो । त्यसको विषयमा पनि अध्ययन गरिरहेको छु ।’ वर्षायामको समयमा अबैध रुपमा उत्खनन गरेको पाईए कानुन अनुसार कारबाही गरिने उनले बताए ।epathivara

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*