धादिङमा दुई ट्रक रासायनिक मल किसानले लुटे

वेलकम खबर
असार ५, २०७९

काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

उनका अनुसार करिब ३ सय हाराहारीमा किसानहरु भेला भएका थिए। रोपाइँको सयमा रासायनिक मल नपाएपछि किसाहरुले बाटो घेरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीको भनाइ छ।

ुराजस्व विभागले रासायनिक मल बोकेको ट्रक नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गर्दा मल लुटिएको हो। ट्रकमा कति मल रहेको र कति लुटिएको अहिलेसम्म खुलेको छैन,ु डीएसपी भण्डारीले अन्नपूर्णसँग भने। घटनाबारे अनुस्धान प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ।

रासायनिक मल नपाउँदा किसानहरु मारमा परेका छन्। संसदमा पनि रासायनिक मल उपलब्ध गराउन सांसदहरुले माग गर्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*