प्रचण्डलाई ओलीको चेतावनी : सुशील कोइरालाले सुरु गरेको एसपिपी आफूले अघि बढाएको नबिर्साैँ

वेलकम खबर
असार ४, २०७९

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपiपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताएका छन् ।

अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको सो प्रोग्राम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई बिर्सेर दाहालले झुट र बेइमानीपूर्ण गरेको स्पष्टीकरण दिएका हुन्। २०७२ साल पुस ६ गते तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्री रहनुभएका कोइरालाले मन्त्रीस्तरीय निर्णय गराएर सो प्रक्रिया अघि बढाएको र सोहीअनुसार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्राचार गरेको ओलीको भनाइ थियो । तर त्यो पत्राचारबारे आफूलाई कुनै पनि जानकारी नआएको अध्यक्ष ओलीले बताए ।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २०७४ साल वैशाख २४ गते दाहाल प्रधानमन्त्री भएका वेला तत्कालीन प्रधानसेनापति क्षेत्रीले सो प्रोग्राममा हामीलाई सहभागी गराउनुपर्‍यो भनेर अमेरिकी सेनाको प्यासेफिक कमान्डलाई पत्राचार गरेको तथ्य नबिर्सन पनि सचेत गराए । अध्यक्ष ओलीले सो कुरा थाहा पाएपछि आफू नेतृत्वको सरकारले परराष्ट्र सचिवको नेतृत्वमा १ जुन २०१९ मा छानबिन समिति गठन गरी अस्वीकार गरिदिएको सो विषय उठाएर गठबन्धन सरकारले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए ।

अध्यक्ष ओलीले आफू र आफ्नो पार्टी राष्ट्र र राष्ट्रियताको सवालमा सदैव सचेत रहेको उल्लेख गर्दै अरूले फिँजाएको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*