फक्ताङलुङ गाउपालिका वाड्नं ३ लिंखिमका विद्यालयहरु आइतवार देखि वन्द
ताप्लेजुङ । भारी बर्षाद वाढी पहिरोको जोखिमका कारण फक्ताङलुङ गाउपालिका वाड्नं ३ लिंखिमका विद्यालयहरु आइतवार देखि वन्द गर्ने निर्णय भएको छ । १ मावि र ८ आधारभुत गरी ९ वटा विद्यालय रहेको छन । यहाका बिद्यार्थीहरु स्कुल आउने अवस्था नभएकाले पालिका र वडाको निर्देशनमा वन्द गर्ने निर्णय भएको सिवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिनुभयो ।
प्रधानअध्यापक गौतमका अनुसार आगामी १० वा १२ गतेदेखि बर्खे विदागर्ने तयारी थियो तर विद्यार्थीहरु स्कुल आउने वाटो अवरुद्ध भएको र कतिपय ठाउ पहिरोको जोखिम भएकाले गाउपालिका अध्यक्षसग समन्वय गरेर विदाको सहमती गरिएको वडाध्यक्ष आइतराम लिम्वूले जानकारी दिनुभयो । विद्यार्थी विद्यालय आउन खोला, पुल तरेर आउनु पर्छ कतीपय ठाउ जोखिम रहेको छ । यसबर्ष मनसुन सुरु भई सकेको र बर्षाद नरोकिएको निर्णयले गर्न बाध्यको लिम्वूले भन्नु भयो । सिवा माविमा विहिवार राती पनि र्६० जना सुतेका थिए । तमोर नदीको छेउमा रहेको सिवा वजारमा वाढी र पहिरोको जोखिम वढेपछि गाउभरिका मान्छे विद्यालयमा आएर सुतेको प्रअ गौतमले जानकारी दिनु भयो । विहीवार राती जिल्लाका अधिकांश स्थानमा भारी बर्षा भएको थियो । यता जिल्ला प्रशासन कार्यालयले मनसुन सुरु भईसकेकोले जोखिम स्थानमा बसोबास गर्ने तथा आमजिल्लाबासीमा बर्षादको समयमा चनाखो भई होसियारी र सावधानी अपनाउन आग्रह गरेको छ । फक्ताङलुङ गाउपालिका वाड्नं ३ लिंखिमका विद्यालयहरु आइतवार देखि वन्द
भारी बर्षाद वाढी पहिरोको जोखिमका कारण फक्ताङलुङ गाउपालिका वाड्नं ३ लिंखिमका विद्यालयहरु आइतवार देखि वन्द गर्ने निर्णय भएको छ । १ मावि र ८ आधारभुत गरी ९ वटा विद्यालय रहेको छन । यहाका बिद्यार्थीहरु स्कुल आउने अवस्था नभएकाले पालिका र वडाको निर्देशनमा वन्द गर्ने निर्णय भएको सिवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिनुभयो । प्रधानअध्यापक गौतमका अनुसार आगामी १० वा १२ गतेदेखि बर्खे विदागर्ने तयारी थियो तर विद्यार्थीहरु स्कुल आउने वाटो अवरुद्ध भएको र कतिपय ठाउ पहिरोको जोखिम भएकाले गाउपालिका अध्यक्षसग समन्वय गरेर विदाको सहमती गरिएको वडाध्यक्ष आइतराम लिम्वूले जानकारी दिनुभयो । विद्यार्थी विद्यालय आउन खोला, पुल तरेर आउनु पर्छ कतीपय ठाउ जोखिम रहेको छ । यसबर्ष मनसुन सुरु भई सकेको र बर्षाद नरोकिएको निर्णयले गर्न बाध्यको लिम्वूले भन्नु भयो । सिवा माविमा विहिवार राती पनि र्६० जना सुतेका थिए । तमोर नदीको छेउमा रहेको सिवा वजारमा वाढी र पहिरोको जोखिम वढेपछि गाउभरिका मान्छे विद्यालयमा आएर सुतेको प्रअ गौतमले जानकारी दिनु भयो । विहीवार राती जिल्लाका अधिकांश स्थानमा भारी बर्षा भएको थियो । यता जिल्ला प्रशासन कार्यालयले मनसुन सुरु भईसकेकोले जोखिम स्थानमा बसोबास गर्ने तथा आमजिल्लाबासीमा बर्षादको समयमा चनाखो भई होसियारी र सावधानी अपनाउन आग्रह गरेको छ ।



















