नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख लामाद्धारा पदभार ग्रहण
ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङका नव निर्वाचित प्रमुख र उपप्रमुख तथा सदस्यहरुले सपथ ग्रहण गर्नु भएको छ । आज मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यलयमा जिल्ला न्यायधिस तथा मुख्य निर्वाचन अधिकृत प्रकाश राउतबाट नवनिर्वाचित जिसस प्रमुख छिरिङ लामाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्नु हुदै नवनिर्वाचित लामाले पदीय दायित्व पुरा गर्ने बताउनु भयो । मंगलबार भएको मतदानबाट पुर्व समन्वय समिति प्रमुख घनेन्द्र मादेनलाई २ मतले पछि पारेर लामा प्रमुखमा निर्वाचित हुनु भएको हो । त्यस्तै उपप्रमुखमा कृष्ण प्रसाद लिङखिम निर्विरोध हुनुभएको थियो । यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण प्रसाद लिङलिम तथा सबै सदस्यहरले पद तथा गोपनीयताको सफथ लिनुभएको छ ।
नौ सदस्यीय जिल्ला समितिमा प्रमुख ,उपप्रमुख र सदस्य सहित गठबन्धनको प्यानल निर्वाचित भएका छन् । ९ सदसिय जिल्ला समन्वय समितिका लागि दलित वा अल्प संख्यकतर्फ माओवादीका सन्तोष राई, महिला तर्फ कांग्रेसका चन्द्रकला दाहाल, सविता लिङदेन र हेमन्ता पौडेल विजयी हुनु भएको छ । खुल्ला सदस्यमा एकीकृत समाजवादीका रवीन्द्र कुमार वनेम, माओवादी केन्द्रका भूपाल मादेन र कांग्रेसका विष्णुप्रसाद तिवारी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राउतले बताउनुभयो ।
स्थानीय तह निर्वाचन अघि गठबन्धन दलहरुबीच नेकपा माओवादी केन्द्रले समन्वय प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख पाउने सहमति गरेका थिए । माओवादी केन्द्रको आन्तरिक विवादका कारण एकीकृत समाजवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको थियो ।
गठबन्धनतर्फ नेपाली कांग्रेस ६ , माओवादी केन्द्र ५ र नेकपा एकीकृत समाजवादी १ गरि अध्यक्ष र उपाध्यक्षको संख्या १२ रहेकोछ । एमालेका अध्यक्ष र उपाध्यक्षको संख्या भने ६ रहेकोछ ।



















