प्रदेश १ को बजेट आज, आकार ३९ अर्ब आसपास

निर्वाचन क्षेत्र पूर्वाधार विकासलाई फेरि निरन्तरता दिने तयारी
वेलकम खबर
असार १, २०७९

विराटनगर । प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९र८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो ।

कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो निकट स्रोतको भनाइ छ ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लक्षित गरी सरकारले प्रचारात्मक बजेट ल्याउन लागेको हो । आर्थिक ममिला मन्त्रालय स्रोतका अनुसार यो पटक प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास शीर्षकमा पनि बजेट विनियोजनको सम्भावना छ । आङ्बोले यसअघि सो कार्यक्रम कटौती गरेका थिए । तर निर्वाचन लक्षित बजेट भएका कारण पुनः सो शीर्षकमा बजेट विनियोजन गर्न लागिएको स्रोतको भनाइ छ ।
यसअघि सुरु भएका वहुवर्षीय योजनाहरुलाई धेरै बजेट विनियोजन हुनेछ । ‘बहुवर्षीय आयोजनाहरु सकिएका छैनन्, ती क्षेत्रका लागि बजेटको ठूलो हिस्सा प्रयोग हुन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘नयाँ कार्यक्रम पनि बजेटमा समावेश हुँदै छन् ।’

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मृख्यमन्त्री राजेन्द्र राईले बहुवर्षीय योजनालाई बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले प्रदेशमा रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको बताए । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*