नुवाकोटमा तारको लठारो समाएर हिँड्ने पुरुषको सेनाको हेलिकोप्टरबाट गरियो उद्धार

वेलकम खबर
जेष्ठ २८, २०७९

काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर शनिबार बिहान ९ बजेदेखि हिँडिरहेका पुरुषको उद्धार गरिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका थिए । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।

यसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*