स्थानीय तहमा निर्वाचित ताप्लेजुङका पत्रकार आङबुहाङ सहित तीन जना पत्रकार सम्मानीत
ताप्लेजुङ । नेपाल पत्रकार महासंघ प्रदेश समिती बाट तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएका तीन जिल्लाका तीन महिलाहरुलाई सम्मान गरेको हो । पत्रकार महासंघ ताप्लेजुङ शाखाबाट नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य शान्ता आङ्बुहाङ, पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको उपाध्यक्ष बिना राई , र धनकुटा शाखा बाट अन्जना ताम्लि सम्मानित भएको हो ।
आङ्बुहाङ ताप्लेजुङ जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाको उपाध्यक्ष,राई सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाको उपाध्यक्ष, र ताम्ली धनकुटा जिल्लाबाट संबिधान सभा सदस्यमा निर्वाचित भएको नेपाल पत्रकार महासंघ प्रदेश १ ले जनाएको छ ।
कार्यक्रममा यातायात ब्यबस्था तथा सञ्चार मन्त्रालय प्रदेश १ का मन्त्री उपेन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष बिपुल पोखरेल ,नेपाल पत्रकार महासंघ १ प्रदेश अध्यक्ष लिला बल्लभ घिमिरे, लगायतको उपस्तिथि रहेको थियो ।



















