भानु माविलाई सेन्चुरी बैकले दियो ३० थान डस्बिन
ताप्लेजुङ । सेञ्चुरी बैंकको ताप्लेजुङ फुङलिङ शाखाले शुक्रवार फुङलिङ ४ अम्बिटार स्थित भानुजन माध्यमिक बिद्यालयलाई ३० थान फोहोर राख्ने भाँडा (डस्विन ) प्रदान गरेको छ ।
सेन्चुरी बैकले समय समयमा यस्ता सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो सहयोग गरेको ताप्लेजुङ फुङलिङ शाखाका प्रवन्धकले जानकारी दिनुभयो । शाखा प्रवन्धक विष्णुविक्रम खडकाले एक कार्यक्रम आयोजना गरि भानुजन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईलाई डस्बिन हस्तान्तरण गर्नु भएको छ । भानुजन माध्यमिक विद्यालयका प्रअ किसोर कुमार राइले भन्नु भयो डस्बिनहरुमार्फत विद्यालयको फोहोर व्यवस्थापन वरिपरिको बातावरण सफा राख्न ठूलो सहयोग पुग्ने बताउनु भयो ।
विद्यालयमा यस अघिपनि ससाना डस्बिनहरुमार्फत फोहोर व्यवस्थापन हुदैआईरहेका थियो । भानुजन माध्यमिक विद्यालय ताप्लेजुङको नमूना मावि मध्येको एक हो । सेन्चुरी कर्मसियल बैक ताप्लेजुङमा फुङलिङ र मिक्वाखोला गाउँपालिकाको केन्द्र थलङमा गरि २ वटा शाखाहरु रहेकाछन् । बैकले सहज,सरल र सेवाग्राहीमैत्री बित्तीय कारोवारलाई प्राथमिकता दिएर सेवा प्रवाह गरिरहेको प्रबन्धकले बताउनु भयो । यो नेपाल राष्ट्र बैंकबाट ’क’ वर्गको इजाजत प्राप्त बैंक हो ।



















