ताप्लेजुङमा औद्योगीक मेलाको शुरु
ताप्लेजुङ। फुङलिङ नगरपालिकाको सामुदायिक भवन सिटी हलमा पहिलो पटक आयोजना गरिएको औद्योगिक तथा पर्यटन मेला आज देखि शुुरु हुदैछ । आज देखि बाट सुरु भई ३० गते पाँच दिन सम्म चल्ने आयोजकले बताएका छन् । “स्वदेसी उद्यम र उत्पादन दिगो औधोगिक पुनरुत्थान” भन्ने मुल नाराका साथ उद्यम गरौं, उद्यमी बनौं, स्थानीय पर्यटन प्रर्वद्धनमा टेवा पुर्याऔ भन्ने मुल आधार सहित ताप्लेजुङ जिल्लाको पर्यटन प्रर्वद्धन साथै उत्पादित वस्तुहरुलाई प्रचार प्रसार, र बजारीकरण गर्ने उदेश्यले संचालन गर्न लागिएको आयोजक घरेलु तथा साना उद्योग महासघं जिल्ला शाखा ताप्लेजुङले जनाएको छ ।सदरमुकाम फुङ्लिङमा हुने मेलामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादीत वस्तुहरुको स्टलहरू रहने छन् ।
औद्योगिक कविता वाचन प्रतियोगिता तथा नाटक मञ्चन,कृषि, जडिबुटी, वन, पशु तथा पर्यटन सम्वन्धी जानकारी तथा अवलोकन, मौलिक तथा स्थानीय खाद्य महोत्सव , पर्यटन तथा औद्योगिक फोटो प्रर्दशनी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा प्रत्येक साझ सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ। त्यस्तै ढाका अल्लो, खाडी तथा स्थानीय भेषभूसाको फेसन शो ,डोको तथा गजेरा बुन्ने शीपमुलक प्रतियोगिता , डोको क्यारी रन प्रतियोगिता रहनेछ । पूर्वी नेपालको सिमानामा रहेको ताप्लेजुङ को एक पर्यटकिय संभावना बोकेको जिल्ला र धार्मिक, पर्यटकीय र औद्योगिक उत्पादनमा संभावना रहेको एक हिमाली जिल्ला भएको कारण पनि औद्योगिक तथा पर्यटन मेलाको आयोजना गरिएको सचीव हर्कराज गुरुङले बताउनु भयो । मेलाको सह आयोजक घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र उद्योग श्रम तथा रोजगार मन्त्रालय, प्रदेश नं १ रहेको छ भने ताप्लेजुङका सबै स्थानीय तह साथै सबै सरकारी संघसस्थाहरुको साझेदारी रहेको आयोजकले जनाएको छ ।



















