७० वर्ष नाघेकाले चुनाव लड्न नपाउने व्यवस्था गरौं: योगेश भट्टराई
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।
सबै राजनीतिक दल एकमत भएर यो नियम लागू गर्नुपर्ने उनले बताए। यसका लागि संविधान संशोधन गर्नुपर्ने पनि उनको भनाइ थियो।
ष्लखयतभअज
‘केही विषयमा संविधान संशोधन गर्नुपर्ने हुन्छ। हामीले ५८ वर्षमा अवकाश प्रणाली राखेका छौं। तर राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ,’ आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ?
उनले काम गर्न सक्ने प्रधानमन्त्री आफूहरूले खोजेको पनि बताए। ‘हामीलाई र्याल सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन,’ उनले भने, ‘काम गर्ने प्रधानमन्त्री चाहिएको हो। सबै राजनीतिक दल यो विषयमा एकमत होऔं।’



















