ताप्लेजुङ मेरिङदेन गाउपालिका उपाध्यक्ष श्रेङचोङवाङ प्रदेश १ को समन्वय परिषदमा मनोनीत

मदन गौतम
जेष्ठ २५, २०७९

ताप्लेजुङ। मेरिङदेन गाउँपालिकाकाउपाध्यक्ष दुर्गाप्राद श्रेङचङवाङ प्रदेश १ को समन्वय परिषदमा मनोनीत भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा म‌ंगलवार बसेको बैठकले माखिम लाई प्रदेश १ को समन्वय परिषदमा मनोनित गरेको हो । प्रदेश १ को समन्वय परिषदमा माखिम सहित १० जना मनोनित भएका छन् । उनिहरुलाई मुख्यमन्त्री राजेन्द्रकुमार राईले मनोनित गरेका हुन् ।

गत बैशाख ३० सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रदेश समन्वय परिषद्को बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको हो । नियमित बैठकका रुपमा यो चौथो बैठक हो । प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानूनी व्यवस्था छ । परिषद्मा हरेक जिल्लाबाट एक जना हुनेगरी स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व सहित १४ जना सदस्य मुख्यमन्त्रीले मनोनीत गर्ने कानूनी प्रबन्ध छ । परिषद्मा प्रदेशस्थित आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानून मन्त्री पदेन सदस्य रहने प्रावधान छ ।

प्रदेश समन्वय परिषद्मा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष्ँ दुर्गाप्राद श्रेङचङवाङ सहित विराटनगर महानगरपालिका, मोरङका प्रमुख नागेश कोइराला, सूर्योदय नगरपालिका, इलामका प्रमुख रनबहादुर राई, ऐसेंलुखर्क गाउँपालिका, खोटाङका अध्यक्ष गिरेन्द्रबहादुर राई, थुलुङ दुधकोशी सोलुखुम्बु बाट उपाध्यक्ष सबिता राई, साल्पासिलिछो गाउँपालिका, भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई, खिजिदेम्बा गाउँपालिका, ओखलढुंगााका अध्यक्ष गम्बु शेर्पा, उदयपुर गढी गाउँपालिका, उदयपुरका अध्यक्ष मानबहादुर केप्छाकी मगर, इटहरी उपमहानगरपालिका, सुनसरीकी उपप्रमुख संगीताकुमारी चौधरी, छथर जोरपाटी गाउँपालिका, धनकुटाकी उपाध्यक्ष गीता गुरुङ, रहेको छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*