जिल्ला समन्वय समिति तेह्रथुममा गठवन्धनका उम्मेदवार विजयी

वेलकम खबर
जेष्ठ २५, २०७९

तेह्रथुम । जिल्ला समन्वय समिति तेह्रथुमको निर्वाचनमा गठबन्धका उमेद्धवार प्रमुख उपप्रमुख सहित सवै पदमा विजयि भएका छन् ।

प्रमुखमा नेकपा एकिकृत समाजवादीका गुमानसिंह इस्वो र उपप्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद कार्की निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा नेपाली कांग्रेसबाट हर्कप्रसाद लिम्वु शान्ता तामाङ ,कल्पना वि क त्यस्तै नेकपा माओवादीबाट डिकवहादुर शंकर,फुर्बा शेर्पा ,दिलप्रसाद लिम्वु र निष्शा मगर निर्वाचित भए । तेह्रथुममा ६ वटा स्थानीय तह मध्ये नेपाली कांग्रेसले एक मेयर २ प्रमुख र १ उपमेयर २ उपप्रमुख सहित ६ सिटमा विजय भएको थियो भने नेकपा एमाले १ मेयर २ प्रमुख १ उपमेयर १ उपप्रमुख सहित ५ स्थानमा विजय भएको थियो।

 

त्यस्तै गठवन्धनको अर्को दल नेकपा माओवादी बाट एक उपाध्यक्ष सहित गठवन्धनको ७ र नेकपा एमालेको ५ जना जिल्ला समन्वय समितिका मतदाता रहेका थिए । गठवन्धनको पुर्व सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख नेकपा एकिकृत समाजवादीलाइ दिइएको नेपाली कांग्रेस तेह्रथुमका सभापति अर्जुन तुम्वाहाम्फेले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*