तारा एयर दुर्घटना अपडेट : पोस्टमार्टम सकियो, आज परिवारलाई शव बुझाइने

वेलकम खबर
जेष्ठ १९, २०७९

काठमाडौं । तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आज (विहीबार)परिवारलाई हस्तान्तरण गरिने भएको छ । मृतक २२ जनाको शव पोष्टमार्टमको काम सकिएपछि आज परिवारलाई हस्तान्तरण गरिने भएको हो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ । दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई(१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १६ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*