कमिसन नआउने भएपछि तमोर जलासय युक्त आयोजना सरकारको प्राथमिकतामा परेन : योगेश भट्टराई

वेलकम खबर
जेष्ठ १८, २०७९

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले तमोर जलासय युक्त आयोजना बजेटको प्राथमिकतामा नपरेको भन्दै आपत्ती जनाएका छन् । उनले कमिसन नआउने भएपछि उक्त आयोजनामा बजेट नपरेको बताएका हुन् ।

मंगलबार बजेटको शैदान्तिक छलफलमा सहभागी हुँदै उनले भने, ‘अर्थमन्त्रीले तमोर जलासय युक्त आयोजना निर्माणलाई प्राथमिकतामा राख्नुभएन । किन भने त्यो बनाउँदा कमिसन आउने ठाउँ छैन । त्यहाँ मुआब्जा दिने कम बस्ति छन् । कमिसन नआउने भएर नै त्यो आयोजना सरकारको प्राथमिकतामा परेन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*