स्वास्थ्य क्षेत्रको बजेट घट्यो, सुत्केरीलाई ५ हजार रूपैयाँ पोषण खर्च

वेलकम खबर
जेष्ठ १६, २०७९

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य मन्त्रालयकालागि ६९ अर्ब ३८ करोड रूपैयाँ बिनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा यो बजेट घटाइएको हो । २०७८/७९ मा स्वास्थ्य मन्त्रालयकालागि १ खर्ब १ अर्ब  रूपैयाँ बजेट छुट्याइएको थियो ।

अर्थमन्त्री जर्नादन शर्माले प्रदेशमा ६ अर्ब ३६ करोड रूपैयाँ र स्थानीय तहमा २७ अर्ब ४४ करोड रूपैयाँको बजेट बिनियोजन गरेको बताएका हुन् । चालु आर्थिक वर्षमा स्थानीयमा २६ अर्ब रूपैयाँको बजेट छ।

यसैगरी सरकारले ६५५ स्थानिय तहमा अस्पताल निर्माणकालागि १० अर्ब रुपैयाँ छुट्याएको छ । सुत्केरीलाई ५ हजार रूपैयाँ पोषण खर्च दिइने पनि अर्थमन्त्रीले बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षमा  दुर्गम क्षेत्रमा एक चिक्त्सिक एक अस्पतालको कार्यक्रम लागु गर्ने भएको छ । सेनिटरी प्याडमा ९० प्रतिशत छुट दिइने भएको छ। देशमै सेनिटरी प्याडका कच्चा पदार्थका लागि १ प्रतिशत मात्र कर लाग्ने पनि अर्थमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु