खोक्लिङको घटनालाई लिएर योगेश भट्टराईद्धारा गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ का बिमल कार्कीको मृत्यूका विषयमा छानबिन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलवार गृहमन्त्री बालकृष्ण खाँणलाई सचिव भट्टराईले भेटी कार्कीको मृत्युको विषयमा यर्थाशक्य चाँडो छानबिन गर्न लिखित पत्र पनि बुझाउनुभएको हो । नेता भट्टराईले मृतकका परिवारलाई उचित क्षतीपुर्ती प्रदान गर्न माग समेत गर्नु भएको छ ।

उहाँले शव पोष्टमार्टम नगर्ने डाक्टरको ब्यवहार प्रति खेद प्रकट पेशागत मर्यादा र ब्यवसायिक जिम्मेवारी प्रति अनुत्तरदायी भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको छ ।
नेता कार्कीको हत्याले स्थानीय जनसमुदाय डर त्रासमा रहेको भन्दै स्थानीय जनसमुदायलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग समेत गर्नु भएको छ ।
‘जवाफमा गृहमन्त्री खाँडले नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । सो घटनाको निष्पक्ष छानबिन गर्ने बताउनु भएको छ । छानविनको माग गदै गृहमन्त्रीको ध्यानकर्षण गराउन नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सभासद पासाङ शेर्पा, नेकपा (एमाले) उपत्यका बिशेष प्रदेश कमटी सदस्य चित्रगुप्त साँवा,नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष सन्तोष खतिवडा, युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेवे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रेम गुरागाई राजेन्द्र श्रेष्ठ सहितको टोलीले नेपाल सरकारका माननीय गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।गत बैशाख २८ गते राति खोक्लिङको दुङ्जामा कार्की मृत भेटिएका थिए ।




















