पाथीभरा दर्शन गर्न आएका एक ६४ वर्षीय पुरुषको मृत्यु 

वेलकम खबर
जेष्ठ ६, २०७९

मदन गौतम
ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनका लागी आएका एक तीर्थयात्रीको  विहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरि प्रसाद घिमिरे रहेकाछन् ।

माथिल्लो फेदीसम्म पुगेका घिमिरेले आफूलाई अस्वास्थ्य भएको बताए पछि परिवारका सदस्यले उपचारका उनलाई जिल्ला अस्पताल ल्याइएको तर अस्पतालले मृत घोषण गरेको थियो ।

मृतक घिमिरेलाई परिवारले गृहनगर घोराही लगिसकेको पाथीभरा क्षेत्र विकास समितिका  कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*