ताप्लेजुङका स्थानीय तहमा नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिए

वेलकम खबर
जेष्ठ ६, २०७९

मदन गौतम

ताप्लेजुङ । ताप्लेजुङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गर्नु भएको छ ।

ताप्लेजुङमा नौ स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजना गरिएको शपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीस प्रकाश राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।

नवनिर्वाचित फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन , पाथीभरा याङवरक गाउपालिका अध्यक्ष केशर कुमार सुब्बा, आठराई त्रिेणी गाउपालिका अध्यक्ष दिपेन्द्र पोमु , मैवाखोला गाउपालिका अध्यक्ष विजय प्रकास वनेम , मेरिङदेन गाउपालिका अध्यक्ष युकहाङ विर हाङगाम (डम्ब) मिक्वाखोला गाउपालिका अध्यक्ष भक्त बहादुर कार्की , फक्त्ताङलुङ गाउपालिका अध्यक्ष राजन लिम्बु , सिद्धिङवा गाउपालिका अध्यक्ष मान बहादुर राई र सिरिजघा गाउपालिका अध्यक्ष लालकृष्ण चौहानले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भयो ।

नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि शुक्रबार देखि नै स्थानीय तहका पालिकामा पदभार ग्रहन गर्नुहुने भएको छ । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले पदभार पश्चात उपप्रमुख तथा नवनिर्वाचित जनप्रतिनीधीलाई शपथ ग्रहण गराउने बताईएको छ । अन्य पालिकामा भने शनिवार शपग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ ।

ताप्लेजुङका नौ स्थानीय तह मध्ये नेपाली काङग्रेसले ४ पालिका (प्रमुख तथा अध्यक्ष) फुङलिङ नगरपाालिका मिक्वाखोला , मेरिङदेन र सिरिजघा गाउपालिकामा विजय भएको हो । नेकपा एमालेले ३ पालिका (अध्यक्ष) आठराई त्रिवेणी , पाथीभरा याङवरक र सिदिङवा गाउपालिका विजय भएको हो ।

त्यस्तै नेकपा माओबादी केन्द्रले २ पालिका अध्यक्ष मैवाखोला र फक्त्ताङलुङ गाउपालिकामा विजय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*