ताप्लेजुङको फुङलिङ नगरपालिका ६ मा ट्याक्टर दुर्घटना, ४ घाइते 

वेलकम खबर
जेष्ठ ३, २०७९

मदन गौतम

ताप्लेजुङ । फुङलिङ नगरपालिका ६ सेती चौतारा छेउमा टयाक्टर दुर्घटना भएको छ । फावखोलाबाट सदरमुकाम आँउदै गरेको ना छ स ४७४३ नम्बरको ट्याक्टर दिउसो ३ः१५ बजे दुर्घटना भएको हो ।

ट्रयाक्टरमा सवार ४ जना घाइते भएका छन् । घाईते हुनेमा फावाखोला ६१ वर्षका पुर्णहाङ लिम्बू , १८ बर्षका प्रकाश बुढाथोकी , सिरिजंघा ६ का २४ वर्षका विकास लिम्बू र सिरिजंघा ३ का २१ वर्षका सिपन सुब्बा रहेका छन ।

दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्बिर घाइते भएका पुर्णहाङ लिम्बू र सिपन सुब्बालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

दुर्घटनाको कारण भने खुलेको छैन अनुसन्धान भइरहेको छ ।  ट्याक्टरका  चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*