५ वर्ष पाथिभरा याङवरक हाकेका मेन्याङबो र गुरुङ पुन: विजयी 

वेलकम खबर
जेष्ठ ३, २०७९

मदन गौतम

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकामा नेकपा एमालेका केशर मेन्याङबो बिजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राम थेबे लाई २४ अन्तरको मतले पराजित गर्दै मेन्याङबो पुन उक्त गाउँपालिकाको अध्यक्षमा विजय भएका हुन् ।

मेन्याङबो यस अघिको २०७४ सालकोे निर्वाचनमा पनि एमालेबाट नै विजयी भएका थियो । मेन्याङबोले २८९८ प्राप्त गरेका छनु भने थेबेले २८७४ मत प्राप्त गरेकारेका छन् । वडा नः ५ चाक्सिबोटे सम्म मत गणना सम्पन्न हुँदा धेरै नै मतले पछि परेका थेबेले वडा नः ६ थुम्बेदिनमा मत अन्तर घटाए पनि हार बेर्होनु पर्‍यो ।

बिजयी मेन्याङबोले २७७७ मत प्राप्त गर्दा थेबेले २७४२ मत ल्याए । उपाध्यक्षमा पनि नेकपा एमालेका रनमायाँ गुरुङ विजयी भएकी छन् । उनी पनि यस अघिको निर्वाचनमा एमालेबाट नै उक्त गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन् । उनले ३१८६ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी कुमार लिम्बुले १७९१ मत प्राप्त गरे ।

यस्तै वडा न. ६ थुम्बेदिनमा भने नेकपा एमालेका जीतमान तामाङ  वडा अध्यक्षमा बिजयी भएका छन् । नेपाली कांग्रेसका पूर्ण थेबेलाई  ३ मत अन्तरले पछि पार्दै तामाङ विजय भएका हुन्‌ । बिजयी तामाङले ५१३ मत प्राप्त गर्दा पराजित थेबेले ५१०   मत प्राप्त गरेका छन् ।

यो मत परिणाम आए सँगै २०७९ सालको स्थानीय तहको ताप्लेजुङमा सबै मत परिणाम आई सकेका छन् । गत २०७४ सालमा १ नगर पालिका सहित ५ वटा पालिका जितेका नेकपा एमालेले यो पटक ३ गाउँ पालिका प्रमुख जितेका छन् भने गठबन्धन गरेका नेपाली कांग्रेसले १ नगर पालिका सहित ४ प्रमुख जितेका छन् ।

साथै नेकपा माओवादी केन्द्रले २ पालिका प्रमुखमा जित हात पारेका छन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले १ वटा प्रमुख पनि जितेका थिएन ।

यस्तै नेकपा एमालेले ३ वटा पालिकाको उपाध्यक्षमा जित हात पारे भने नेपाली कांग्रेसले २ वटा पालिकाको उपाध्यक्षमा जित निकाल्न सफल भएको छ । यस्तै माओवादी केन्द्रले ३ पालिका उपाध्यक्षमा जित हात पार्न सफल भएको छ भने १ पालिकाको उपाध्यक्षमा नेकपा ९ एस ० ले जित निकाल्न सफल भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*