ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा काँग्रेसका अमिर मादेन भारी मतले विजयी,उपमेयरमा ओझा

वेलकम खबर
जेष्ठ ३, २०७९

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकामा गठबन्धनको तर्फबाट काँग्रेसका अमिर मादेन भारी मतले विजयी भएका छन् । मादेनले एमालेका निकटतम प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेललाई २२८७ मतले पछि पार्दै मेयरमा विजयी भएका हुन् ।

उनले ६,१७९ मत प्राप्त गर्दा मादेनका प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेलले ३,८९२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हेम कुमार लिम्बूले ४९, जनता समाजवादी पार्टी जसपाकी बिमला दाहाल ४० साथै स्वतन्त्र उम्मेदवार मिलन निरौलाले २६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनलाई पराजित गर्दै एमालेकी भिमा देवी ओझा विजयी भएकी छन् । ओझाले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बम बहादुर भट्टराई (तारा) लाई ४३३ मतले पछि पार्दै विजयी भएकी हुन् । ओझाले ४,२७७ मत प्राप्त गर्दा भट्टराईले ३,८४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरका अन्य उम्मेदवारहरुमा जनता समाजवादी पार्टी (जसपा)का प्रदिप मादेनले ६७४, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)की निर्मला ईजम (थापा) ले १२८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता गुरुङले ९०, मंगोल नेश्नल अर्गानाईजेसनका मोहन गुरुङले ३९ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*