आठराई त्रिवेणीमा गठबन्धनलाई पराजित गर्दै एमालेका पोमु भए अध्यक्ष, उपाध्यक्षमा आङबुहाङ

वेलकम खबर
जेष्ठ २, २०७९

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । उक्त गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिपेन पोमुले विजय हासिल गरेका हुन् ।

उनले ३०३६ मत ल्याई विजय हासिल गरेका हुन् । यस्तै उनका प्रतिस्पर्धी गठबन्धन तर्फका  नेपाली कांग्रेसका विश्वनाथ सिटौला ५१० मत अन्तरले पराजित भएका छन ।

उपाध्यक्षमा पनि नेकपा एमालेकै उम्मेदवार शान्ता आङबुुहाङ विजयी भएकी छन् । उनले २८१९ मत ल्याएकी छन् । उनी नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य पनि हुन् । गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार दिनका लागि महासङ्घको सदस्यबाट राजिनामा दिएकी थिइन् ।

उनको प्रतिस्पर्धी गठबन्धनका प्रजिन हाङबाङ पराजित भएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*