फुङलिङ २ मा नेकपा एसका न्यौपाने विजयी
वेलकम खबर
जेष्ठ २, २०७९
ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका २ मा नेकपा एकीकृत समाजवादी ले विजयी हासिल गरेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका मोहन न्यौपाने वडाध्यक्षमा विजयी बन्नुभएको हो ।
दोस्रो कार्यकालका लागि न्यौपानेको जित निकालेको हो । उहाँ ३७६ मतका साथ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसी पौडेलले २६७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा अन्य चारजना सदस्य भने नेकपा एमालेका उम्मेदवार विजयी बन्नुभएको छ ।



















