ताप्लेजुङको सिरिजङ्घा २ आम्बेगुदिनमा एमालेको प्यानल नै विजयी

वेलकम खबर
जेष्ठ २, २०७९

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका २ आम्बेगुदिनमा एमालको प्यानलै विजयी भएको छ । एमालेका दिलेन्द्र कुँवर ७१५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । कुँवरका प्रतिस्पर्धी लक्ष्मि प्रसाद थेबेले ५६६ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा एमाले कै अरित कुमार लिम्बु ७३७ र पदम कुमार विष्ट ६२९ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै एमालेबाट नै महिला सदस्यमा हरिमाया विष्ट ६१० साथै दलित महिला सदस्यमा गिता नेपाली ६३५ मत ल्याएर विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*