मेरिङदेन २ सान्थाक्रामा एमालेको प्यानल नै विजयी
मदन गौतम
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं। २ सान्थाक्रामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडा अध्यक्षमा तेज कुमार चोङबाङ विजय भएका हुन् ।
उनले जम्मा ५५६ मत ल्याएका छन् । उनका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्रकुमार नाल्बोले ४३४ मत ल्याएका छन् । यस्तै खुल्ला सदस्यहरूमा पेम्बा शेर्पाले ५५६ र राजेन्द्र लिम्बूूले ५६५ मत ल्याएका छन् ।
महिला सदस्यमा अमृता मगर शेर्पाले ५६४ मत ल्याएकी छिन् भने दलित महिला सदस्यमा विमला कामीले ५९३ मत ल्याएकी छिन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका युकहाङबिर हाङ्गाम (डम्बर) विजयी भएका छन् ।



















