मेरिङदेन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका डम्बर हाङ्गाम विजयी

वेलकम खबर
जेष्ठ २, २०७९

मदन गौतम

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका युकहाङबिर हाङ्गाम (डम्बर) विजयी भएका छन् । उनले २८६९ ल्याउँदै मत उनका निकटम् प्रतिद्वन्दी नेकपा एमालेका केदारजंग चोङवाङलाई पराजित गरेका हुन् ।

केदारजंगले जम्ममा २७७० मत ल्याएका छन् । उनी हाङ्गामसँग ९९ मतले पराजित भएका हुन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आस कुमार लिम्बूले ६२ मत ल्याएका छन् भने, जनता समाजवादीका दावा शेर्पाले  ११ मत ल्याउका छन् ।

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद चोङबाङ विजयी भएका छन् । उनले २५९८ मत ल्याएका छन् । उनले आफ्नो निकटम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पालाई फराकिलो मतले पराजित गरेका हुन् । शेर्पाले जम्मा १६५७ मत पाएका छन् । उनले चुनाव चिह्न गुलाफको फूल भएका थिए ।

त्यस्तै उपाध्यक्षकै उम्मेद्धार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रुपा चोङबाङले २०३ मत ल्याएका छन् । मेरिङदेनमा जम्मा ६ वटा वडा रहेका छन् । जसमा १, २, ५ र ६ मा एमालेले जित हासिल गरेकोे छ भने ४ नम्बरमा कांग्रेस र ३ नम्बरमा गठबन्धले जित हासिल गरेको छ । अन्य वडामा चोङबाङले लिड गरे पति ४ नम्बर लिङतेपको मतले नै  हाङगामलाई विजयी गराएको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*