थुकिमामा नेकपा एमालेको प्यानल नै वियजी

वेलकम खबर
जेष्ठ १, २०७९

मदन गौतम

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका वडा नं. ५ थुकिमाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धार जसमान केदेम विजयी भएका छन् ।

जम्मा ७३६ मत ल्याइ उनले विजयी हासिल गरेका हुन् । यस्तै उनका निकतम् प्रतिद्वन्द्वी नेपाली कांग्रसका बिनोद कुमार लिम्बु ५३६ मत ल्याएका छन् ।

उक्त वडामा नेकपा एमालेको प्यानल नै वियजी भएको हो । महिला सदस्यमा नेकपा एमालेका तर्फबाट कमला तामाङले ७२७ मत ल्याइ विजय हासिल गरेकी छिन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रसकी ङिम लाकी शेर्पाले ५४३ मत ल्याएका छन् ।

दलित महिला सदस्यमा एमालेकी झुनु माया नेपालीले ७१४ मत ल्याएकी छिन् भने उनकी प्रतिद्वन्द्वी विमला विकले ५३५ मत ल्याएकी छिन् ।

खुल्ला सदस्यमा नेकपा एमालेका तर्फबाट रामकुमार लिम्बूले ६८४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका निरोज तामाङले ५२७ मत ल्याएका छन् ।

यस्तै पुरुष सदस्यमा नै एमालेका निमदावा शेर्पाले ७१५ मत ल्याएका छन् भने नेपाली कांग्रेस फुर्वा शेर्पाले ५२७ मत ल्याएका छन् ।

गाउँपालिका अध्यक्षमा पनि नेकपा एमालेले नै अग्रता लिएको छ ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*