मेरिङदेन १ कोे वडा अध्यक्षमा एमालेका सविन कुमार चोङबाङ विजयी
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ कोे वडा अध्यक्षमा नेकपा एमालेका सविन कुमार चोङबाङ विजयी भएका छन् । उनले ४७४ मत ल्याइ विजय हासिल गरेका हुन् ।
यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णु कुमारी एभेङले ४६७ मत ल्याइ विजयी भएकी छिन् । दलित महिला सदस्यमा पनि नेपाली कांग्रेसकै अमृृता विजयी भएकी छन् । उनले ४६६ मत पाएकी छन् ।
खुल्ला परुषमा नेकपा एमालेका मिन कुमार शेर्पा विजयी भएका छन् । उनले ४८९ मत पाएका छन् । साथै अर्को खुल्ला पुरुष सदस्यमा नेपाली कांग्रेसका सजन एभेङ लिम्बू विजयी भएका छन् । उनले ४६३ मत पाएकोे मत गरणा स्थलबाट मदन गौतमले जानकारी दिएका छन् ।



















