खोक्लिङमा एक युवक मृत अवस्थामा फेला

वेलकम खबर
बैशाख २९, २०७९

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी २४/२५ बिमल कार्की गए राती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरिक्षक कुशाराम कार्कीले जानकारी दिएका छन् ।

सुचना अधिकारी कार्कीका अनुसार राती १०ः४५ बजेसम्म बिमल घर नआएपछि परिवार सहित स्थानीयले खोज्न सुरु गरेका थिए । खोज्ने क्रममा हान्द्रुङबाट उकालो जाने बाटोमा जुत्ता र झोला साथै बाटो मुनि भिरमा बिमललाई मृत अवस्थामा भेटीएको हो ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यलय दोभानको ईन्सपेक्टर सहितको टोली घटनास्थलमा खटि सकेको छ भने जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट पनि ईन्सपेक्टर सहितको टोली घटनास्थलतर्फ लागि सकेको छ ।

घटना बारे थप विवरण आउन बाँकी रहेको छ । बिमल स्काभेटर चालक हुन । हाल उनि जिल्ला कै तेल्लोक भन्ने ठाउँमा स्काभेटर चलाउदै आएका थिए भने चुनावका लागि उनि मतदान गर्न गाउँ फर्किने क्रममा मृत भेटिएका हुन् । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*