एमाले आम नेपाली जनताको अङग प्रत्यङगमा रहेको पार्टी हो : सचिव भटटराई

मदन गौतम
बैशाख २७, २०७९

ताप्लेजुङ । निर्वाचन हुन ३ दिन बाँकी रहदा राजनीतिक दलहरुको चुनावी माहोलझन झन पेचिलो हुदै गएको छ ।  मंगलबार प्रेस चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले केन्द्रिय कमिटीका सचिव योगेश कुमार भट्टराईले आम नेपालीको नेपाली जनताको अङग प्रत्यङगमा रहेको पार्टी भएको बताउनुभएको छ ।

एमालेमा बौदिक ब्यतित्व सामाजिक ब्यतित्व , शिक्षक , विद्यार्थी रहेको सुद्रिड संगठन भएको पार्टी हो । विकास बादी , कर्तब्यबाट विचलित नहुने , आम नेपाली जनताको विश्वास जितेको पार्टी हो । अहिलेको अप्राकृतिक गठबन्दनमा नफस्न आग्रह गर्नु भएको छ । ५ दलिय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्धी हाले पनि एमाले आधुनिक अभिमन्यु हो जसरी भएपनि घेरालाई तोडन सक्छ ।

अप्राकृतिक गठबन्दनबाट टाढै रहन आग्रह गदै नर्कको ठेगाना बोकेर स्वर्ग पुग्न सकिँदैन ,स्वर्ग जान स्वर्गकै ठेगाना चाहिन्छ । सचिव भट्टराईले भन्नू भयो हसिया हतौडा आफुहरुको लागि प्रिय चिन्ह भएकाले यो चिन्हलाई दुरुपयोग नगर्न आग्रह गर्नु तथा हसिया हतौडा विश्व कम्युनिस्ट आन्दोलनको श्रम जिवि वर्गको एउटा मुक्तिको चिन्ह हो । यो चिन्हलाई कम्युनिस्ट बिरोधी सक्तिको पाँउमा नसुम्पिन र भोलिका दिन हेरि हसिया हतौडालाई दुर्गन्धित नबनाउन माओवादी केन्द्रका नेताकार्यकर्तालाई सचिब भटटरार्ईले अपिल गर्नु भएको छ ।

नेपालीका सभापति सेर बहादुर देउवालाई लक्षित गदै पराजित सेना पतिको संज्ञा दिनु भयो । नेपाली काङग्रेसले निती सिदान्तलाई पोलेर खाएको र काङग्रेसका मतदातालाई यस पटक सुर्य चिन्हमा मतदान गरि नेतृत्वलाई सचिन मोका दिनु पर्ने बताउनु भयो । नेकपा एमाले पार्टी सानो तिनो प्रतिकुलतामा थला नपर्ने पार्टी भएको हुदा पटक पटकको अग्नि परिक्षामा सफलता प्राप्त गरेको पार्टी भएकाले आम नेपाली मतदातामा सुर्यको छाप अङग प्रत्यङगमा बसिसकेकोले ताप्लेजुङका पालिका तथा देशै भरि एमालेको जित सुनिश्चित भएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*