अधुरो काम र फक्ताङलुङको समृद्धिको लागि पुन मेरो उम्मेदवारी : एभेङ

अमृता थलङ
बैशाख २६, २०७९

ताप्लेजुङ । क्षेत्रफलको हिसाबले ताप्लेजुङ जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिकाको नेतृत्वका लागि चुनावी आमसभा र घरदैलो कार्यक्रममा व्यस्त छन् युवा नेता तथा पूर्व अध्यक्ष सरोज एभेङ । ५ वर्षको नेतृत्व चाखि सकेका एभेङ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुरानो स्थानलाई पक्का गर्न फेरी जनताको घरदैलोमा पुग्नु भएको छ ।

नेकपा एमालेले फक्ताङलुङ गाउँपालिकाको लागि यो पटक पनि एभेङलाई नै योग्य ठानेको छ । यस अघिको निर्वाचनमा विजय भई ५ वर्षसम्म फक्ताङलुङ गाउँपालिकाको नेतृत्व गरिसकेका एभेङको जन्म फक्ताङलुङ गाउँपालिकाको इखाबुमा वि.सं। २०४० सालमा भएको हो । उहाँको बाल्यकाल पनि इखाबुम नै बितेको थियो ।

राजनीति यात्रा
उहाँले सानो उमेरमा नै राजनीति यात्रा तय गर्नुभएको हो । ‘मैले सानो उमेरमा नै राजनीति यात्रा तय गरे मेरो यात्रा २०६४ सालबाट नेकपा एमालेमा तय भएको हो’, उहाँले भन्नुभयो । उहाँ सबभन्दा पहिले इखाबुको गाउँ कमिटी सदस्य हुनभएको थियो ।
त्यसपछि इलाका नम्बर ८ को एक कार्यकाल सदस्यमा बिताउनु भएको एभेङ इलाका नम्बर ८ कै सचिव हुनभयो । यस्तै नेकपा एमाले ताप्लेजुङ क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी सदस्य हुनुभयो । त्यसपछि क्षेत्रीय कमिटीको सचिव भएको बताउनुह्न्छ ।
यो सँगै युवा संघ नेपालको जिल्ला कमिटी सदस्यमा एक कार्यकाल बिताएपछि युवा संघकै जिल्ला कमिटीको सचिव भएका हुनु भएको थियो ।

५ वर्षको प्रगति
ताप्लेजुङ जिल्लाको ८ वटा गाउँपालिका मध्ये विकट गाउँपालिका भित्र पर्ने गाउँपालिकाको एक होे, फक्ताङलुङ गाउँपालिका । यो गाउँपालिकाको सबैभन्दा ठुलो समस्या हो, स्वास्थ्य । पाँच वर्षको कार्यकालमा सबैभन्दा धेरै प्रगति स्वास्थ्य क्षेत्रमा नै भएको एभेङ बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘स्वास्थ्य चौकी पुग्न पहिले एक दिन नै लाग्ने गथ्र्यो अहिले अहिले एक घण्टा भित्र नै पुग्न सकिने वातावरण सिर्जना गरेका छौं ।’

यस्तै ९ वटा स्वास्थ्य इकाइहरू स्थापना गरिएको पनि उहाँले सुनाउनुभयो । यो सँगै पुरा नयाँ गरी जम्मा १५ वटा स्वास्थ्य इकाइहरू गाउँपालिकामा खडा भएको छ । साथै ६ वटा वडामा बर्थिङ सेन्टर पनि स्थापना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘आमा दिदी बहिनी साथै शिशुको मृत्युदर न्यूनिकरणका लागि नेपाल सरकारको स्वास्थ्य कार्यक्रम बाहेक बर्थिङ सेन्टरमा सुत्केरी प्रोत्साहनको कार्यक्रम सञ्चालन गरेका छौं । उक्त कार्यक्रम मार्फत लेलेप देखि तल ७ हजार र हिमाली क्षेत्रमा १० प्रदान गर्दै आएका छौं ।’

शिक्षा क्षेत्रमा पनि सकेसम्म विकास गरेको एभेङ सुनाउनुहुन्छ ‘सबै विद्यालयहरूमा कोचिङ कक्षा सञ्चालनका लागि निति कार्यक्रममा ल्याएका छौ । यो प्रभावकारीले नै अगाडि बढेको छ । भौतिक पूर्वाधार पनि परिवर्तन भएको छ ।’ साथै स्थानीय सरकार आएपछि सडक सञ्जाल सबै वडामा पु¥याउन सफल भएको उहाँको भनाई छ ।

योजना
विषेश गरि आगाामी योजनामा नमुुना गाउँपालिका सँगै स्वास्थ्य शिक्षा र रोजगारकोे उत्पादनमा विषेश जोड दिने उहाँ बताउनुहुन्छ । आफूले पुरा गर्न नसकेका योजनाहरु पुुरा गर्दै नयाँ योेजनाकोे संकल्प गरी कार्यन्वयन गर्ने उहाँ बताउनुहुन्छ ।

आर्थिक निती
पूर्वकै समृद्धिको गाउँपालिका बनाउँन फक्ताङलुङ गाउँपालिका भित्र रहेका सम्पदाको बजारीकरण गर्ने नीति लिएको उहाँले बताउनुभयो । जलस्रोत, जलाशययुक्त विद्युत परियोजनाको निर्माण, पर्यटन, जैविक सम्पदा मार्फत हुने पर्यटन विकास, धार्मिक तथा बाह्य पर्यटन भित्र्याउन निती बनाउने पनि उहाँ सुनाउनुहुन्छ।

गाउँपालिको मुख्य आर्थिक स्रोत अलैंची सहितका महत्वपुर्ण जडिबुटि, कला, संस्कृति, पशुपालनलाई आर्थिक समृद्धि संग जोड्ने महत्पूर्ण केन्द्रको रुपमा गाउँपालिकालाई विकासको बाटोमा लैजाने उहाँको योजना रहेको छ ।

प्रशासनिक इकाइ
क्षेत्रफलको हिसाबले जिल्लाकै सबैभन्दा ठूलो रहेको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित प्रशासनिक इकाइले प्रत्येक वडाका आधारभुत आवश्यकतालाई पुरा गर्न कठिरहेको महशुस मैले नजिकबाट गरेको छु । यसको मध्यनजर गर्दै वडा नं। ३ को सिँवा बजार तथा वडा नं। ७ को गोला बजारमा गाउँपालिकाको प्रशासनिक इकाई स्थापना गर्ने छु उहाँ भन्नुहुन्छ ।

सामाजिक उत्थानका कार्यक्रम
समुदाय भित्रको जातिय विभेदसहितको विषयलाई अन्त्य गरी सामाजिक उत्थानमा लाग्न समानतामा आधारित सचेतनामुलका कानुनी कार्यक्रम सञ्चालनको योजना बनाएको उहाँले बताउनुभयो । एक अर्काको भाष संस्कृतिको सम्मान गर्दै संरक्षण उत्थानका लागि छुट्टै नीति बनाई कार्यन्वनमा जोड दिने पनि उहाँको योजना रहेको छ ।

गाउँपालिका अध्यक्ष नै फेरी किन ?
पहिलो कुरो त स्थानीय तहको नेतृत्व गर्दा केहि समय सम्म अनुभव नभएर केहि समय वित्योे म त्यसलाई नकार्न सक्दिन । ५ वर्षको अनुभवको जगलाई टेकेर हिजो अधुरो रहेको कामहरु अपुरो रहेको योजनाहरु यहाँका समृद्धिसँग जोेडिएका विषय बस्तुहरुलाई सहज तरिकाले मैले कार्यन्वन गर्न सक्नु पर्छ भन्ने लाग्यो अनि फेरी योे निरन्तरताकोे यात्रा तय गरेका हुँ उहाँले भन्नुभयो ।’

उहाँले मुस्कुराउँदै थप्नु भयो, ‘अब सब जनताको हातमा छ । यस अघिको मेरो कार्यले जनताकोे चित्त बुझेको भए फेरी पत्याउँँला नभए पनि म हरेक तवरबाट जनताकोे सेवामा नै लाग्ने छु ।’

जनातको विश्वास पाए अधुरा अपुरा कामको कार्यन्वन गर्ने उहाँले बताउनुभयो । साथै उक्त कार्यहरु कर्यन्वयन भए सिंगो फक्ताङलुङ गाउँपालिकाका नागकिहरुको र सिंगो गाउँपालिकालाई समृृद्धिमा जोड्न सकिन्ने बताउँदै यहि संकल्प र विश्वास लिएर अगाडि बढेकोे उहाँको भनाई छ ।

२०७४ साललाई नियाल्दा
२०७४ सालको स्थानिय तहको निर्वाचनमा एभेङले नै विजय हासिल गरेको थिए । नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका उनले १९९८ मत ल्याइ विजय हासिल गरेका थिए ।यस्तै नेपाली कांग्रेसका मनि प्रसाद लिम्बूले १६६५ मत ल्याएका थिए ।

नेकपा माओवादी केन्द्रका लक्ष्मी प्रसाद लिम्बूले ८२८ मत ल्याएका थिए भने, नयाँ शक्ति पार्टीका श्री प्रसाद लिम्बूले ८८ मत ल्याएका थिए । साथै जनमुक्ति पार्टीका मोती लाल लिम्बूले ३१ मत ल्याएका थिए । एभेङलाई यो पटको निर्वाचनमा चुनौति सँगै अवसर पनि थपिएको छ ।

यो पटकको निर्वाचनमा नेपाली कांग्रस र नेकपा माओबादी केन्द्रले गठबन्धन गरेको हुनाले थप चूनौति भएको छ । तर केहि समय अघि मात्रै अघिल्लो निर्वाचका एभेङका मूख्य प्रतिस्पर्धि मानिएका नेपाली कांग्रेसका जिल्ला उपसभापति तथा पूर्व गाविस अध्यक्ष मणी लाबुङ, नेपाली कांग्रेसका जिल्ला नेता, पूर्व गाविस अध्यक्ष, तथा नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा प्रस्तावित उम्मेदवार भद्र बोखिम एमालेमा प्रवेश गरेसँगै उनलाई अवसर मिलेको हो ।

अघिल्लो निर्वाचनमा मनि लिम्बू एभेङसँग ३३३ मतले मात्र पराजित भएका थिए । यस्तै यो पटक फक्ताङमा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका मुक्ति लाबुङ उम्मेद्धार भएका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमाको तुलनामा माओबादीको मत एक हजार १७० ले कम हो । अमृता थलङ /ताप्लेजुङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*