नमुना गाउँपालिका बनाउने बाटोमा चाम्लिङ

वेलकम खबर
बैशाख २६, २०७९

ताप्लेजुङ । अहिले देशभर स्थानीय निर्वाचनमय बनेको छ । पाँच वर्ष पछि फेरी सम्पूर्ण स्थानीय तहहरूले नयाँ नेतृत्व पाउँदैछन् । प्रत्येक स्थानीय तहका राजनीतिज्ञहरू निर्वाचनमा होमिएका छन् । आफ्नो आफ्नो उम्मेदवार घोषण गरिरहेका छन् ।

यस्तै ताप्लेजुङको सिरिजङघा गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेले सन्तोष चाम्लिङलाई सर्वसम्मत उम्मेदवार छनोट गरिसकेको छ । पार्टीले दिएको जिम्मेवारीमा खुसी सँगै चुनौती थपिएको चाम्लिङले बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘गाउँपालिकाको लागि सक्षम देखेरै होला यो जिम्मेवारी सुम्पेको छ, थप जिम्मेवारी सँगै चुनौती पनि उत्तिकै थपिएको छ, हेरौं के हुन्छ, हार जित त जीवनको खेल नै हो ! जे भए पनि स्वीकार्य छु ।’

उहाँ भन्नुहुन्छ, ‘यदि जितियो भने मेरो गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने बाटोमा नै सकेसम्म लाग्छु । जनताले मेरो लागि दिएको भोट खेर जान दिने छैन ।’

राजनीति यात्रा
२०३८ साल भाद्र १३ गते साविक सिकैचा ६ मा आमा पदम कुमारी र बुबा जयप्रकाश चाम्लिङको कोखबाट जन्मनु भएका चाम्लिङ्को राजनीति यात्रा २०५२ फाल्गुन ४ गते अनेरास्ववियुको सह प्रा.कमिटीबाट सुरु भएको हो ।

उहाँले सरस्वती मावि सिकैचाबाट अध्ययन सुरु गरी स्नातक उत्रिर्ण गर्नुभएको छ । विद्यार्थी गरी २०५९ साल असार १७ गते अनेरास्ववियुको जिल्ला अध्यक्ष हुनु भएको हो । २०५९ श्रावण २२ मा पक्राउ परि १ महिना कठोर जेल जीवन बिताउनु भएको थियो । २०६१ भाद्र १७ गते अनेरास्ववियुको १७औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय प्रतिनिधि परिषद सदस्य निर्वाचित भइ काम गर्नु भएका थिए ।

२०६२/०६३ को जनआन्दोलनमा सक्रिय रुपमा जनताको अधिकारका लागि लड्नु भएको हो । २०६५ मा भएको अनेरास्ववियुको १९ औ अधिवेशनका केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी राजनीतिबाट सुरु गर्नुभएका चाम्लिङ २०६६ /२०७० सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभएका थिए ।

भावी योजना
उहाँले सिरिजंघा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँनका लागि शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानी जस्तै धेरै विकासको योजना बनाउनु भएको छ । उहाँ भन्नु हुन्छ, ‘योजना बनाएर मात्र नहुने काम पनि गर्नुपर्छ । योजना अनुसार कार्यन्वयन गरेर जनताको मन जित्ने अठोट छ ।’

त्यसैले काम गरेर देखाएर मात्र बोल्ने उहाँको भनाई छ । जनताको सेवा गर्न जनप्रतिनिधि हुनका लागि नै उहाँले २०७४ सालमा नै सङ्घसंस्थाको जागिर छोड्नु भएको हो ।

प्रतिवद्धता
सामाजिक जागरण र विकासमा थप सहयोग पुर्याउने र भ्रष्टाचार नगर्ने र गर्न नदिने, गर्नेलाई कारवाही गर्ने जस्ता कामलाई पहिलो प्राथमिकता राखि समृद नेपाल र सुखी नेपालीको सपना साकार पार्ने जस्ता योजना रहेको उहाँले सनाउनु भयो ।

शिक्षा / सञ्चार
गाउँपालिका भरीका विद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदा गर्न र गाउँपालिकाको शैक्षिक गुणस्तर वुद्धि गर्न अतिरिक्त कक्षा संचालका लागि अनुदान रकम उपलब्ध गरर्ने उहाँले बताउँनु भयो । ताप्लेजुङ आफैमा एक विकट जिल्ला हो । त्यस माथि गाउँ गाउँमा इन्टरनेट, टेलिफोेन जस्ता सञ्चार माध्यमकोे चरम अभाव हुने गर्छ । यसलाई मध्यनजर गर्दै सबै सरकारी कार्यालय तथा विधालय संघसस्थामा इन्टरनेटको सुविधा प्रदान गरिने उहाँले बताउनु भयो ।

विद्युत / खानेपाली
गाउँपालिकोे सबै वडाहरुमा निशुल्क विद्युत सेवा उपलब्ध गर्ने, कतिपय घरहरुमा विद्युत शेवा उपलब्ध हुन नसकेकोे र ति घरहरुमा विद्युत उपलब्ध गराउने उहाँको योजना रहेको छ । यस्तै खानेपानीको मुहान संरक्षण तथा ब्यावस्थापन गरि स्वचछ खानेपानीको प्रवन्ध गर्ने बताउँनु भयो ।

पर्यटन क्षेत्र
आन्तरिक आयलाई वुद्धि गर्ने उद्देश्यले गाउँपालिकामा रहेका पाथीभरा ,कञ्चनजघा लगायतका विभिन्न पर्यटकिय स्थानहरुमा बिदेशी तथा आन्तिरीक पर्यटकको सखया बढाउन विकास तथा विस्तार गर्ने साथै धार्मिक तथा संस्कृतिक पुरातात्विक वस्तुहरुको पहिचान गरी संरक्षण गर्ने चाम्लिङ बताउँनुहुन्छ ।

कुषि क्षेत्र
नेपाल एक कुषि प्रधान देश हो । विषेश गरी गाउँपालिकामा अभिकांष मानिस कृषिमा आधारित छन् । यस गाउँपालिकाको कृषि क्षेत्रलाई अधुनिकिकरण गरी व्याबसायीक बनाउने उनको योजना रहेको छ । साथै युवाहरुलाई व्यावसायीकरण गर्न विभिन्न कार्यहरुकोे सञ्चाल गरीने योजना रहेको उनी सुनाउँछन् । ‘हाम्रो गाउँपालिकाको माथिल्लो क्षेत्रमा अलैची खेती हुने भएकोले आधुनिक खेती प्रणालीलाई प्राथमिकता दिन योजना रहेको छ ।

खलकुद क्षेत्र
गाउँपालिका भित्र सुविधा सम्पन्न रङ्गशाला निर्माणकोे सुरुवामा पहल गर्ने उहाँको योजना रहेकोे छ । यस्तै ब्याडमिटन, भलिबल खेल सञ्चान गर्न प्रत्येक वडामा कवर्ड हलकोे व्यास्था र खेल क्षेत्रको विकासका लागि खेलाडी उत्पादन गर्न भिन्न प्रकारका खेलकुदको आयोजना गर्ने योेजना रहेको छ ।

यातायात क्षेत्र
स्थानीय क्षेत्रकोे ग्रामिण भेगमा सबैभन्दा ठूलोे आवश्यकता भनेको नै यातायात हो । विशेष गरी ताप्लेजुङको पाचथर थर्पु देखि गाउँपालिका जाने सडक कच्चि रहेको छ । यो बाटोमा हिउदोकोे समयमा धुलो र वर्षा सिजनमा त गाडी नै चल्दैन यसलाई मध्यनजर गर्दै पालिकाकोे केन्द्रबाट सदरमुकाम जोड्ने बाटो कालो पत्रे गर्न पहिलो प्राथमिकतामा रहेको उहाँको योजना रहेको छ ।

स्वास्थ्य क्षेत्र
सबै वडाका स्वस्थ्य संस्थाहरुबाट आधारभुत स्वस्थ्य सेवा उपलब्ध गराइने र वडाहरुमा विभिन्न समयमा निशुुल्क स्वस्थ्य शिविर सञ्चालन गरिने उनले सुनाउँनुभयो । विपन्न वर्गका नागरिककाहरुका लागि आपतकालिन स्वस्थ्य समस्या परेका बेला स्वस्थ्य शिविर सञ्चालन तथा आधारभुत औषधी वितरण गर्नुका साथै स्वस्थ्य स्वयम सेविका हरुलाई थप प्रोत्साहन भत्ताकोे व्यावस्था गर्ने उहाँले बताउँनु भयो । गाउपालिकामा एक एमविएस डाक्टरको दरबन्दी कायाम गरि सल्यक्रिया हुने गरिको अस्पताल निर्माण गर्न अग्रसरता चाम्लिङको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*