देउवालाई गठबन्धन मोह : विरोध गर्नेलाई कारबाही
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पुन गठबन्धनको विरोध गर्नेलाई कारबाही हुने बताएका छन् ।
शनिबार जनकपुरमा आयोजित ५ दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उम्मेदवारी दिनेहरूका लागि पार्टीमा कुनै स्थान नहुने समेत बताएका हुन् ।
‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन विरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य हुनेछैन’ उनले भने । प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश तथा तानाशाह प्रवृत्तिलाई अन्त्य गर्नका लागि गठबन्धनलाई विजयी बनाउनु आवश्यक रहेको भन्दै जथाभावी अभिव्यक्ति नदिन नेता कार्यकर्तामा अपिल गरेका हुन् ।
सभापति देउवाले आजको कार्यक्रममा मात्रै होईन, अदालतको आदेशपछि सरकार बनेदेखि नै गठबन्धनको विपक्षमा बोल्नेलाई कारबाही हुने बताउँदै आएका छन् । केही दिनअघि नेविसंघ स्थापना दिवसलाई सम्बोधन गर्दै देउवाले कार्यकर्तालाई गठबन्धन गरेर के बिगारे भन्दै प्रश्न गरेका थिए । “गठबन्धनकै कारण गण्डकी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री छ ।



















