फुङलिङमा एमालेको घोषणापत्र सदरमुकाम देखि मित्लुङ सडक सम्म कालोपत्रे देखि डाक्टर र इन्जिनियर पढाउने सम्म

वेलकम खबर
बैशाख १७, २०७९

ताप्लेजुङ । नेकपा एमालेका फुङलिङ नगरपालिकाका नगर प्रमूख पदका उमेद्वार छत्रपति प्याकुरेलले आज चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । पत्रकार महासँघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आगामी ५ वर्षे कार्यकालमा नगरपालिकाको गुरुयोजना बनाएर विकास निर्माण गर्ने घोषणा पत्रमा उल्लेख गरेका छन् ।
नगरपालिका भित्रका एक एक जनालाई वार्षिक रुपमा एमविविएस र इन्जिनियर पढाउने घोषणा पत्रमा उल्लेख गरेका छन् । विद्यालयमा इ लाइब्रेरी स्थापना गर्ने उल्लेख छ । नगरपालिकाभित्रका सबै नागरिकको विमा गर्ने भएका छन् । क्यान्स,मृगौला र मुटु जस्ता रोगीहरुलाई आवश्यक खर्च उपलब्ध गराउने भएका छन् ।
शेर्पाटोल,हाङदेवा र मित्लुङ सडकमा कालोपत्रे गर्ने महत्वकांक्षी योजना समावेश गरेका छन् । बैंकबाट बास्तविक किसानले ऋण तथा अनुदान पाए नपाएको अनुगमन गर्ने उल्लेख छ । जडीबुटी र कृषि उद्योग संञ्चालन गरेर ५ सय जनालाई रोजगारी दिने घोषणा पत्रमा जनाएका छन् ।महिलाहरुका लागि निशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन गर्ने कार्यक्रम उल्लेख गरेको छ । प्रत्येक वडामा जेष्ठ नागरिक चौतारी निर्माण गर्ने जनाएको छ ।नगरमा एक औद्योगिक ग्राम स्थापना गर्ने जनाएका छन् । जिल्ला स्तरीय रुपमा हिंसा पीडित महिलाका लागि सेफ हाउस बनाउने उल्लेख । ५ वर्षभित्र सुकुम्बासी मुक्त नगर घोषणा गर्ने भएका छन् ।  घोषणापत्र हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

phungling Ghosamaparta-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*