फुङलिङमा मेयर पदका उम्मेद्धार मादेनद्धारा घोषण पत्र सार्वजनिक

मदन गौतम
बैशाख १७, २०७९

ताप्लेजुङ । नेपाली काङग्रेस पार्टीका फुङलिङको मेयर पदका उम्मेद्धार अमिर मादेनले आज पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेका छन् । मेयर पदका उम्मेद्धार मादेनले १५ वटा क्षेत्रगत बिषयमा रहेर संकल्प सहितको घोषणा पत्र सार्वजनिक गरेका हुन ।
नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एम विविएस पढाउने , प्रत्येक बर्ष ११ वटै वडामा १।१ जनालाई प्राविधीक बिषयमा पढाउने घोषणा पत्रमा उललेख छ । सुत्केरी आमालाई पोषणका लागि ५ हजार प्रदान गर्ने र सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुच पुर्याउने लक्ष्य रहेको छ ।
पाथीभरामा आउने दर्शनार्थी तथा पर्यटकको सख्या ५ बर्षमा दोब्बर पुर्याउने अन्य ठाउमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जोड दिने संकल्प गरेका छन् । कृषि क्षेत्रको त्रिव्र विकासका लागि एक घर एक उत्पादनको अवधारणा लागु गरिने भएको छ । सुचना र प्रविधीको प्रयोग सरल तथा सुलभ र सार्वजनिक स्थलमा निःशुल्क वाईफाईको प्रवनद्ध गर्ने घोषणा पत्रमा भनिएको छ । एक जिल्ला एक कर कार्यालयको अवधारणाको विकास गर्न ताप्लेजुङमै कर कार्यालय स्थापनाको लागि समन्वय तथा सहजिकरण गर्ने उललेख छ । घोषणा पत्रमा करको दायरा बढाउने र कर घटाउने , महिला र पुरुषको बिचमा समान कामको समान ज्यालाको अभियानको कार्यानवयन गर्ने , फोहोर मैलालाई प्रसोधनको ब्यवस्था गर्ने जस्ता योजना अघिसारिएको छ । ११ वटै वडाको केन्द्रमा जान सडक १२ महिना यातायातका साधन संचालन हने गरि स्तरउन्नतीका कार्यक्रम प्रथमिकतामा राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*