ताप्लेजुङ काङग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक
ताप्लेजुङ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार नेपाली काङग्रेस ताप्लेजुङले घोषणा पत्र सार्वजनिक गरेको छ । सुशासन र समृद्धिको आधार भन्ने मुल नाराका साथ स्थानीय तह काङग्रेसको सरकार स्थानीय तह निर्वाचन २०७९ जारी गरेको हो ।
फुङलिङमा रहेको जिल्ला कार्यसमितिको कार्यालयमा जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङ , उपसभापति दिल्लीरमण बराल तथा जिल्लाका नेताकार्यकर्ताको उपस्थितीमा पत्रकार सम्मेलन गरी स्थानीय तहलाई लक्षित गरि घोषणा पत्र सार्वजनिक गरिएको छ ।
पार्टीले आगामी ५ बर्षमा ताप्लेजुङको विकासमा छलाङ मार्ने योजनाका साथ अघिबढने छ । ब्यवसाय मैत्री , प्रगतिशील करको अवधारणा अनुसार मेघा प्रोजेक्टलाई ,रोजगार र सुष्म कृषि प्रणाली लाई प्रोत्साहन , कक्षा १२ सम्म निःशुल्क शिक्षा , स्वास्थ्य , खानेपानी , बिधुत , मोटरबाटो स्तरउन्नती गर्ने प्रतिबद्धता जनाएको छ ।
पर्यटनको विकासका लागि पाथीभरा दर्शनार्थी , फुङफुङे झरना , फक्ताङलुङ , कन्चजङघा ,तिङबुङ पोखरी तथा अन्य स्थलहरुमा आन्तिरिक तथा बाह्रय पर्यटकको आकर्षण योजना मार्गचित्र प्रस्तुत गरेको छ । यस्तै प्रत्येक पालिकामा प्राविधीक शिक्षा स्थापना गर्ने , सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउन सुत्केरी पोषण भत्ता , गरिबका लागि मृत्यु सस्कार भत्ता लगायत अन्य भत्ताको योजना अघि सारेको छ ।
घोषणा पत्रमा २०७४ को प्रतिनिधीसभा सदस्यको निर्वाचनमा एमाले र माओबादी केन्दले बनाएको सरकारले आफ्नो निति सिद्धान्त दिएको आश्वासन अनुसार काम गर्न नसकेपछि नेपाली काङग्रेसको नेतृत्वमा रहेको गठबन्धन सरकारले उक्त अधुरा काम पुरा गर्न दायित्व रहेको जनाएको छ ।



















