ताप्लेजुङका रेडपाण्डा संरक्षणकर्मी लामाले पाए ह्वीटली अवार्ड

वेलकम खबर
बैशाख १६, २०७९

काठमाडौं । रेड पाण्डा संरक्षणमा सक्रिय ताप्लेजुङको सिरिजंघा ८ साविक याम्फुदिन गाउँका सोनाम लामाले विश्व प्रतिष्ठित हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन) अवार्ड पाएका छन् । बुधबार राति लण्डनमा आयोजित समारोहमा लामालाई ४० हजार पाउण्ड ( करिब ६२ लाख नेपाली रुपैयाँ )सहित सो अवार्ड प्रदान गरिएको हो ।
डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितीमा बेलायती राजकुमारी एनले लामालाई अवार्ड प्रदान गरिन् । यो अवार्ड अन्य ५ जनालाई पनि पनि प्रदान गरिएको थियो ।

अवार्ड पाएपछि खुसी व्यक्त गर्दै लामाले यो रकम रेड पाण्डाको बासस्थान सुधार, अवैध चोरीतस्करी नियन्त्रण र जनचेतनामुलक काममा खर्च गर्ने बताए । अवार्डसँगै पाएको रकम एक वर्षभित्र खर्च गर्नुपर्छ । यसअघि ह्वीटली अवार्ड नेपालका वरिष्ठ चराविद् हेमसागर बरालले सन् २००५ मा पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*